
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य विहीबार पनि तोलामा ७ सय रुपैयाँले बढेर तोलाको ५३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय २८ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्