६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


दिनदहाडै गोली हानेर सासु–बुहारीकै हत्या


0
Shares

डाँका समूहले गोली प्रहार गरेर सासू ४५ वर्षीया दीपा निरौला (डाँगा) र बुहारी २२ वर्षीया अस्मिता भट्टराई (डाँगा) को हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।

उनले दुबै जनाको हत्या गरेपछि घरमा लुटपाट मच्चाएर डाँका समूह फरार भएको हुन सक्ने बताए । घटनामा संलग्नको पहिचान हुन नसकेको उनले बताए ।

एसपी भण्डारीले घटनामा संलग्नलाई पक्राउ गर्नका लागि सबै नाका सिल गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको जनाए ।

घटना भएका बेला घरमा सासूबुहारी मात्र थिए । अस्मिताको टाउको र दीपाको शरीरमा गोली लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

दुई जनाको शव घरको भिन्दा भिन्दै कोठामा फेला परेको थियो । दुबै कोठामा रगतको आहाल थियो । घटनास्थल विराटनगरको हाटखोलाबाट लगभग अढाई सय मिटर पूर्वमा पर्छ ।

दीपाका पति एवं अस्मिताका ससूरा इन्द्रचन डाँगा धान व्यापारी हुन् । उनी मोरङको कर्सियामा धानको व्यापार गर्छन् । घटनाका बारेमा साढे चार बजे प्रहरीले जानकारी पाएको थियो ।

घरमा काम गर्न बसेकी ११ वर्षीय ज्योति शर्माले घटना थाहा पाएर इन्द्रचनलाई खवर गरेकी थिइन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट