फाइल फोटो
यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारी–साधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो ।
यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ ।
विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सबै नागरिकले सहजरुपमा सवारी–साधन अनुमतिपत्र लिन पाउन् भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताए ।
उनले भने–‘यसबाट लिखित परीक्षा दिँदा धेरै भीडभाड हुने, बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्छ ।’
यसअघि, सवारी–साधन अनुमतिपत्र लिँदा १०० पूर्णांकमध्ये १९ लब्धांकको विषयगत र ८१ लब्धांकको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए ।
विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको डा. पाण्डेले बताए । रासस









प्रतिक्रिया दिनुहोस्