Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


भक्तपुरमा साझाबस चलाए ग्रामीण क्षेत्रमा गाडी चल्नै नदिने व्यवसायीको धम्की


0
Shares

सोमबार रफत सन्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दैै व्यवसायीहरुले सहरी भेगमामात्र सन्चालन गरिने साझा यातायातलाई अनुमति दिइए आफूहरुले भक्तपुरका ग्रामीण क्षेत्रमा कहिँ पनि गाडी चल्न नदिने धम्की दिएका हुन् ।

भक्तपुर मिनीबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समितिअन्तर्गत् १७ रुटमा ३३७ गाडी सन्चालनमा रहेपनि यात्री सेवालाई अझ व्यवस्थित बनाउन थप ४० ओटा साझासरहका बस झिकाइएको भन्दै साझालाई भक्तपुरमा अनुमति नदिन माग गरे ।

ग्रामीण भेगमा घाटा सहेर यातायात सन्चालन गरिएको दाबी गर्दै महर्जनले सहरी भेगमा नाफा कमाउनमात्र साझालाई भित्र्याइए मान्य नहुने चेतावनी दिए ।