फाइल फोटो
उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत् गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए ।
सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा विधेयक ल्याइएको बताए ।
करको दायरामा विस्तार, रोजगारीको बढोत्तरी, अनुगमन तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न नयाँ विधेयकले काम गर्ने जानकारी दिँदै उनले आर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियनत्रण गर्ने अवस्थाकोसमेत अन्त्य यसबाट हुने उल्लेख गरे ।
व्यवस्थापिका–संसदको अर्को बैठक यही चैत ९ गते अपराह्न १५.०० बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्