Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


कालीगण्डकी करिडोरको ७० प्रतिशत निर्माण कार्य पूरा


0
Shares

बाग्लुङको मालढुङगादेखि टाकुरीसम्मको १२ किलोमिटर सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेसँगै टाकुरीदेखि पालुङखोलाको २६ किलोमिटर सडकमा ट्रयाक खोल्ने काम करीब ७० प्रतिशत पूरा भएको हो ।

भारत र चीन जोड्ने राष्ट्रिय गौरवको ४ सय ३५ किलोमिटर सडक आयोजनाको काम नेपाली सेनालाई जिम्मा दिएर अगाडि बढाइएको छ ।

बाग्लुङ खण्डको मालढुङ्गादेखि पालुङखोलासम्म जोड्ने सडकखण्डको काम अहिले तिव्र रुपमा भईरहेको कालीगण्डकी करिडोर निर्माण नेपाली सेनाका प्रमुख सेनानी इञ्जिनियर रेश्मीराज भट्टराईले जानकारी दिए ।

आर्थिक बर्षको अन्त्यसम्म पूरा गर्ने लक्ष्यका साथ सेनाले अहिले दोस्रो खण्डअन्तर्गत कुचुरी भीर, डाङकाल, डाडाखर्क भीर, छोरेलौवा र एक्लेबेलमा काम गरिरहेको छ ।

पहरा र ढुंगा भएका ठाउँमा सेनाले निरन्तर बम विस्फोट गरी ट्रयाक खोल्ने काम गरिरहेको छ । ३३ करोड आवश्यक पर्ने आयोजनाका लागि हाल १९ करोट बजेट निकासा भएको छ ।