Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बेल्जियममा नेपालको पर्यटन प्रवर्द्धन गर्न पोस्टर अभियान


0
Shares

ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीको सवारीसाधनमा प्रवर्द्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटन प्रवर्द्धन गर्नेजस्ता रचनात्मक प्रयासबाट नेपालमा युरोपेली पर्यटक भित्र्याउन मद्दत पुग्ने विचार व्यक्त गर्दै यस्ता कार्यमा दूतावासको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल पर्यटन बोर्डबाट प्राप्त पोस्टर राजदूतबाट विभिन्न व्यक्तित्वको सवारीसाधनमा टाँसेर उद्घाटन गरिएको सो कार्यक्रमको समन्वय बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि शिवकुमार बरुवाल तथा रवीन्द्रमान श्रेष्ठले गरेका थिए ।

सो कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ तथा बेल्जियमस्थित नेपाली सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति थियो । (रासस)

Skip This