नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एअर सस्पेन्सन एसी बस सन्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहकोसमेत व्यवस्था गरिएको छ ।
करिब ८०० किलोमिटर दुरी रहेको डडेल्धुरा–काठमाडौं रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए ।
बिहीबार एक कार्यक्रमका साथ ‘घटाल एअर’ सस्पेन्सन एसी बसको नेपाल यातायात राट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बससेवाको उद्घाटन गरेका छन् ।
बसको भाडा रु दुई हजार तोकिएको छ ।
डडेल्धुराबाट काठमाडाँं तथा कामठमाडौंबाट डडेल्धुराका लागि दैनिक एक/एकओटा बस छुट्ने बताइएको छ ।
अहिले यस्ता किसिमका ६ ओटा बस सन्चालनमा ल्याइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्