Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


स्थानीय चुनाव घोषणासँगै निजी क्षेत्र उत्साहित


0
Shares

मुलुकमा चुनावी माहोल सिर्जना भइसकेको छ । झन्डै दुई दशकमा हुन लागेको स्थानीय चुनावसँगै निजी क्षेत्र पनि उत्तिकै उत्साहित बनेको छ ।

धेरै लामो समयदेखि नेपालको औद्योगिक क्षेत्र पीडित रहँदै आएको छ । पीडित अर्थतन्त्रलाई माथि उकास्न चुनाव महत्वपूर्ण अवसर हुने विश्वास छ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको ।

हामीसँगको कुुराकानीकाक्रममा उनले भने–‘चुनाव हुनैपर्छ, हुन्छ र यसले नेपालको अर्थतन्त्रलाई माथि उठाउन ठोस भूमिका खेल्छ ।’

स्थानीय निकायमा जननिर्वाचित प्रतिनिधिहरु आउँदा उनीहरु बढी उत्तरदायी हुने, आफ्ना प्रतिबद्धताहरु पूरा गर्न लाग्नैपर्ने भएकाले अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभावपर्ने उनको विश्वास हो ।

चुनावकाबेला चन्दा प्रक्रियालाई भने जबर्जस्ती नभइ स्वेच्छिक एवं सहज बनाउनुपर्नेमा उनको आग्रह छ ।

 

 

Skip This