Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


कैदीबन्दीले उत्पादन गरेका मुढाको माग बढ्दो


0
Shares

श्रम र सिपको उपयोग गर्दै कैदीबन्दीले बाँसको सिन्का र नाइलनको डोरीको प्रयोगबाट दैनिक मुढा उत्पादन गर्दै आएका हुन् । उत्पादित हस्तकलाको माग बजारमा अत्याधिक भएपछि बन्दीहरुलाई मुढा बनाउन भ्याई नभ्याई भएको छ ।

बाग्लुङ कारागारमा विभिन्न मुद्दामा जेल जीवन बिताउँदै आएका कैदी बन्दीले मेहनत गरी मासिक ५ सयभन्दा बढी मुढा उत्पादन गर्दै आएका छन् । बन्दीले उत्पादन गरेका अधिकांश मुढा सदरमुकाममै खपत हुँदै आएको कारागार प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए ।