काठमाडौंमा आज गरिएको साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले सिमांकनलाई थाँती राखेर आफूहरु निर्वाचन जान नसक्ने बताए ।
उनले वार्ता र सहमतिका लागि नेकपा एमाले बाधक भएको भन्दै एमालेकै कारण मुलुकका समस्या समाधान हुन नसकेको जिकीर गरे ।
पटक-पटकका वार्ता निष्कर्षविहीन हुँदै गएकाले अब आफूहरु सशक्त आन्दोलनमा जाने तयारीमा रहेको बताए ।
अध्यक्ष यादवले संविधान संशोधनपछि मात्र निर्वाचन गर्न सकिने बताए ।
केन्द्रीय सरकारलाई स्थानीय निर्वाचन गर्ने अधिकार नभएको भन्दै उनले नभएको अधिकार प्रयोग गरेर गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भईरहेको आरोप लगाए ।









प्रतिक्रिया दिनुहोस्