प्रा. डा. भिष्मराज प्रसाइँको जीवनीको शनिबार काठमाडौंमा लोकार्पण गर्दै उनले दलहरु राष्ट्रिय दायित्वप्रति एकजुट हुनुपर्ने बताए ।
उनले गलत काम गरेर शक्तिआर्जन गर्ने मनसाय भएकाहरुबाट मुलुकमा कुनै परिवर्तनको आशा गर्न नसकिने स्पस्ट पारे ।
अध्यक्ष ओलीले दलहरु इमान्दार, मेहनती र समझदार हुने हो भने नेपाललाई विश्वकै सम्पन्न बनाउन सकिने दाबी गरे ।
कार्यक्रमका सहभागीहरुले नेपालमा मेडिकल शिक्षाको सुरुआत गर्ने प्रा. डा. भिष्मराज प्रसाइँले मेडिकल क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्