Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


द्वारी हाईड्रोको निर्माण सम्पन्न, अब दैलेख लोडसेडिङ मुक्त हुने


0
Shares

जिल्लाकै पहिलो ठूलो हाईड्रोपावर योजनाको निर्माणमा तीन वर्षदेखि निरन्तर काम गरिरहेको भूगोल इनर्जी प्रालिले ३ दशमलव ७५ मेघावाटको विद्युत बाल्न सफल भएको हो ।

योसँगै ६० देखि ६५ करोडको लगानीमा निर्माण पूरा गरेको भूगोल इनर्जी प्रालि ६ नम्बर प्रदेशमा विद्युत उत्पादन गरेर नेपाल सरकारलाई बिक्री गर्ने पहिलो कम्पनी बनेको छ ।

जिल्लामा हाल दुई मेघावाट विद्युत माग रहेकाले उत्पादित विद्युत दैलेख जिल्लामा पर्याप्त भइ बाहिर पठाउन सकिने कम्पनीले जनाएको छ ।

उत्पादित विद्युत दैलेखेको नेपाल विद्युत प्राधीकरणमा सवस्टेशन बनाएर ३३ केभी प्रसारण लाईनमा जोडिने छ । कम्पनीले तत्काल स्थानीयका लागि दश प्रतिशत शेयर खोल्ने समेत बताएको छ ।