Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेस बैठक : खुमबहादुरले दर्ता गराए हिन्दू राष्ट्र बनाउने प्रस्ताव


0
Shares

खड्काले हिन्दू राष्ट्र नेपाल बनाउने विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव दर्ता गरेका छन् ।

धर्मनिरपेक्ष खारेज गरि नेपाललार्इ सनातन हिन्दुरास्ट्र कायम गर्ने विषयमा विधिवत निर्णय गरियोस भन्ने प्रस्ताव खड्काले दर्ता गराएका हुन् ।

कोइरालाको प्रस्तावमा भने एमालेलाई हेर्ने कांग्रेसको दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने र पार्टीलाई संस्थागत संरचनाबाट संचालन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

बैठकले स्थानीय निर्वाचन परिचालन समिति, स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्डबारे पनि टुंगो लगाउनेछ ।

त्यस्तै प्रादेशिक संरचना अनुसार पार्टीको संरचना बनाउन विधान संशोधनपछि महासमिति बैठकबाट पारित हुने गरी अहिले नै गर्ने प्रस्ताव गरिएको छ ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मधेशी दलहरुसँग सहमति नजिक पुगेको जानकारी गराएको केन्द्रीय सदस्य रमेश् रिजालले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुले बैठकमा समसामयिक विषयमा आफ्ना धारणाहरु राखिरहेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक पाँच महिनापछि बसेको हो ।