Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


किसानको संघर्षको कथा : ‘नाङ्लोदेखि हाइड्रोसम्म’ बजारमा


0
Shares

स्वास्थ्यमन्त्री गगनकुमार थापा, पूर्व मन्त्री एवं पूर्व सचिव शंकरप्रसाद कोइराला लगायतले राजधानीमा भएको कार्यक्रममा संयुक्त रुपले पुस्तक विमोचन गरे ।

हिरारत्न चलचित्र मन्दिरले प्रकाशन गरेको पुस्तकमा एक परिश्रमी उद्यमी स्वर्गीय रत्नबहादुर तण्डुकारको जीवनी समेटिएको छ । आफैंले खेती गरेर उब्जाएको सामग्रीलाई नाङ्लोमा राखेर बेच्दादेखि तण्डुकार कसरी फर्निचर उद्योगको मालिक बने अनि हिरारत्न चलचित्र हल खोल्नेदेखि हाइड्रोपावर संचालन गर्नेसम्मको हैसियतमा पुगे भनी पुस्तकमा चर्चा गरिएको छ ।

जीवनमा सधै अर्काको भलोमात्र गर्नुपर्छ भन्ने सोच राख्ने तण्डुकार जीवनभर अर्काको बिस्तरामा त सुतेनन् नै, सबैलाई तपाईभन्दा तलको आदरभावसमेत प्रकट गरेनन् । हीरादेवी तण्डुकारले लेखेको पुस्तकबारे बोल्दै स्वास्थ्यमन्त्री थापाले जीवनमा केही गर्छु भन्ने भावना भएका व्यक्तिले यो पुस्तक पढ्नै पर्नेमा जोड दिए ।

त्यस्तै पूर्वमन्त्री एवं पूर्व सचिव शंकरप्रसाद कोइरालाले आफ्नो कर्मचारी जीवनमा तण्डुकारजस्तो इमानदार उद्यमी नदेखेको भन्दै इमानदारीपूर्वक गरेको कामबाट पनि धनी बन्न सकिने स्पष्ट पारे ।

सो पुस्तक विमोचन एवं एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा तण्डुकार परिवारले नेपाल एम्बुलेन्स सेवालाई एउटा एम्बुलेन्स संचालनका लागिसमेत हस्तान्तरण गरेको छ । सो अवसरमा सोमराज पोखरेल लिखित ‘नाङ्लोदेखि हाइड्रोसम्म’ नामक वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।