Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


डाक्टर गुलाटीले नयाँ शो ल्याउने, ‘द कपिल शर्मा शो’ को छायांकन रोकियो


0
Shares

कपिल शर्माले मदिरा पिएर हवाइजहाजमा सुनिल ग्रोवरमाथि हातपात गरेपछि सुनिलले शो बहिस्कार गरेका थिए । शो बहिस्कार गरेका सुनिलले अब आफ्नै ‘डक्टर मशहुर गुलाटीज कमेडि क्लिनिक शो’ दर्शकमाझ ल्याउने भएका हुन् ।

सुनिल दिल्ली तालककोट स्टेडियममा आफ्नो लाइभ शो को तयारीमा लागेका छन् । उनको यो शोलाई साथ दिन ‘द कपिल शर्मा शो’ का चर्चित कलाकार बंपर, किकुसमेत आउने भएका छन् ।

दिल्ली शो पछि सुनिलले अन्य कलाकारको साथमा ‘डक्टर मशहुर गुलाटी शो’ टेलिभिजनमार्फत ल्याउन लागेका हुन् । सुनिलले यसबारे सम्पूर्ण कुरा पछि बताउने भन्दै अब टेलिभिजन शो मै सबैको साथमा आउने बताएका छन् ।

उनले अहिले कपिलबाहेकका टिमसंग भारतको विभिन्न स्थानमा कमेडि शोमा भाग लिइरहेका छन् । यो सिलसिलाको अन्तिम दिल्लीमा हुने र त्यसपछि टेलिभिजन मार्फत आउने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सोनी च्यानलबाट प्रसारण हुने चर्चित कमेडि कार्यक्रम ‘द कपिल शर्मा शो’ का मुख्य कलाकार कपिल शर्माले अष्ट्रेलियाबाट भारत आउने क्रममा मदिरा पिएर हवाइजहाजभित्रै सुनिल ग्रोवर (डक्टर गुलाटी) माथि हातपात गरेका थिए । उक्त घटनापछि यी दुईबीच खटपट सुरु भएको थियो । लगत्तै सुनिलले शो बहिस्कार गरेपछि बाँकी अन्य चार जनालेसमेत ‘शो’ बहिस्कार गरेका छन् । (एजेन्सी)