Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


स्थानीय तहको निर्वाचनपछि देशले फड्को मार्ने : उपप्रम थापा


0
Shares

उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले आइतबार (आज) हेटौँडामा आयोजित जिल्ला प्रशासन कार्यालय मकवानपुुरका प्रजिअ, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुख, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका कर्मचारीलाई सम्बोधित गर्दै उक्त कुरा बताएका हुन् ।

मन्त्री थापाले अब हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा, निस्पक्ष र सक्रिय भूमिकाका लागि राष्ट्रसेवक कर्मचारीलाई महत्वपूर्ण योगदान गर्न अनुरोध गर्दैै सरकारले राष्ट्रसेवक कर्मचारीलाई वृत्ती –विकासमा मद्दत पुग्ने, कामका आधारमा मूल्यांकन गर्ने, कर्मचारीमैत्री प्रावधान लागू गर्दै जाने सरकारको योजना रहेको उल्लेख गरे ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडीले स्थानीय निर्वाचनका लागि कर्मचारी व्यवस्थापन र शान्तिसुरक्षा प्रदान गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए ।

स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले मकवानपुर जिल्लामा आठ गाउँपालिका एक नगरपालिका र एक उपमहानगरपालिका रहेको बताउंदै सो निकायमा आवश्यक जनशक्ति अपुग रहेको बताए । रासस