जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धी मन्त्री एस जि.जि. नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधिमण्डल र उद्योग मन्त्रालयका प्रतिनिधिमण्डलबीच भएको छलफलमा जिम्बाबेका तर्फबाट यस्तो अभिरुची व्यक्त गरिएको हो ।
छलफलका अवसरमा जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धी मन्त्री एस जि.जि. नियोनीले खास गरी नेपालका ४ वटा लघु उद्यमका क्षेत्रमा अभिरुची देखाएका थिए ।
लघु उद्यमका क्षेत्रमा नेपालले अवलम्वन गरेको रणनीति, लघुु उद्यमलाई पर्यटन सँग जोडेर विकास गर्ने कार्यक्रम लघु उद्यमीको वित्तीय पहुँच विस्तारमा नेपालले अवलम्वन गरेको रणनीति र नेपालको पदयात्रा क्षेत्रमा नेपालले गरेको प्रगतिका बारेमा नेपाल र जिम्बाबेबीच सहयोगको आदान प्रदान गर्न चाहेको मन्त्री नियोनीले बताएको जानकारी गराइएको छ ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले खनिज उत्खननका सम्वन्धमा जिम्बाबेको अनुभव नेपालका लागि पनि अनुकरणीय रहने भन्दै लघु, साना तथा मझौला उद्योगको विकासमा सहयोग आदान प्रदान गर्न सकिने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्