Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द


0
Shares

                                                                         फाइल फोटो
सीमा प्रहरीचौकी, टिमुरेकाअनुसार रसुवागढीबाट करिब १४ किमि पर चिनियाँ भू–भागको सडकमा माथिबाट सुक्खा पहिरो गइ सडक अवरुद्ध भएपछि नेपाल आयातका लागि व्यावसायिक सामान बोक्नेलगायत सबैखाले सवारी–साधन आवात–जावत बन्द भएको छ ।

सडक खोल्न कम्तीमा तीनदिन लाग्ने चिनियाँ सुरक्षाकर्मीले जानकारी दिएका छन् ।

बा६ख ९७६५ नम्बरको आफ्नो कन्टेनर डिब्बा बाटोमै छोडी नेपालतर्फ आएको कन्टेनर चालक लाक्पा नुर्पु तामाङले बताए । रासस