Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


प्रयोगशाला विज्ञान तथा प्रविधि मेलामा १७ देशले भाग लिने


0
Shares

यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिनसम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, सिंगापुर र संयुक्तराज्य अमेरिकाजस्ता विश्वका प्रमुख औद्योगिक राष्ट्रका प्रतिनिधि संस्थाहरुले भाग लिनेछन् ।

आधुनिक प्रविधियुक्त वैज्ञानिक प्रयोगशाला, प्रविधीय विश्लेषण, मानवीय व्याधिजन्य समस्याको सम्बन्धमा प्रयोग हुने जैविक र इन्जियरिङ प्रविधि, रोग निदानका लागि प्रयोग हुने प्रविधि इत्यादि तेस्रो पुस्ताको वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि उपयोगी प्रविधिसम्बन्धी यस अन्तर्राष्ट्रिय पाँचौ मेलालाई ‘फिफ्थ इन्टरनेसनल ट्रेड फेयर फर ल्याबोरेटरी टेक्नोलोजी, आनालाइसिस्, बायो–टेक्नोलोजी एन्ड डाय्ग्नोस्टिक अर आनालाइटिका भियतनाम–२०१७’ भन्ने नामाकरण गरिएको छ ।

यस वर्षको विज्ञान तथा प्रविधि मेलामा सहभागी हुने संगठन वा कम्पनीहरुको संख्या पोहोरकोभन्दा २५ प्रतिशतले बढ्ने जनाइएको छ ।

मेलामा सहभागी हुने प्रदर्शनकारीहरुले आ–आफ्ना स्टल (पेभिलियन)बाट हालसम्म पत्ता लागेका अत्याधुनिक प्रविधि, उपकरण तथा औजार, वैज्ञानिक समाधान र सेवाका रुपरेखा, विश्लेषणीय प्रविधि, जीवन–विज्ञान तथा जैविक प्रविधिजस्ता विषयमाथि जानकारी मूलक सूचना प्रदान गर्नेछन् । रासस/सिन्ह्वा