Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


दिक्तेल क्याम्पसमा भब्य धार्मिक महोत्सव, दुई करोड रुपैयाँ संकलन (भिडियो)


0
Shares

युवराज रोइला/ईमेज

संकलित रकम सदुपयोग गर्दै स्थानीय क्याम्पसलाई मुलुककै नमूना क्याम्पस बनाउने अभियानमा जुटेका छन् ।

दिक्तेल बहुमुखी क्याम्पसलाई मुलुककै नमूना क्याम्पस बनाउनका लागि आवश्यक रकम जुटाउन खोटाङमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरियो ।

२०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका बिभिन्न संकायतर्फका बिषय थप गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न स्रोत जुटाउन शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पसका प्रमुख प्राध्यपक डा. शुकराज राईले बताए ।

शैक्षिक तथा धार्मिक महोत्सवबाट २ करोड १६ लाख ९५ हजार ३ सय ३१ रुपैयाँ रकम संकलन भएको छ ।

त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि पहिलोपल्ट मानबिकी संकायतर्फ नेपाली बिषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएको दिक्तेल क्याम्पसमा महोत्सवबाट जम्मा भएको रकमबाट अन्य संकायतर्फका बिषय थप गरिने सञ्चालक समितिका अध्यक्ष देबी रिजाल बताए ।

शैक्षिक तथा धार्मिक महोत्सवमा १ सय ८ राष्ट्र शान्ति धार्मिक महोत्सवका संकल्पकर्ता गोबिन्दशरण महाराजजी र मीरादेबीले प्रबचन दिएका थिए ।