Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


थप १७ जिल्लामा अनुदान रकम वितरण प्रक्रिया सुरु


0
Shares

भूकम्प अतिप्रभावित १४ जिल्लाका ९६ प्रतिशत लाभग्राहीलाई पहिलो किस्ताको अनुदान वितरण गरिसकेको प्राधिकरणले भूकम्पले कम प्रभावित थप १७ जिल्लामा घर निर्माणका लागि अनुदान रकम वितरण प्रक्रिया सुरु गर्न लागेको जानकारी गराएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलबार बसेको कार्यकारी समितिको बैठकले भूकम्पप्रभावित १७ जिल्लामा पहिचान भएका लाभग्राहीसँग तत्काल अनुदान सम्झौता गर्ने निर्णय गरेको जनाइएको छ ।

सर्भे गरिएका १७ जिल्लाबाट प्राप्त आंशिक तथ्यांकको आधारमा अहिलेसम्म १५ हजार ७ सय ४३ घरधुरी लाभग्राही सूचीमा समावेश भएको पनि प्राधिकरणले जनाएको छ ।

 

Skip This