जिल्ला निर्वाचन कार्यालय धनकुटाले पाख्रिबास नगरपालिकामा एउटा, महालक्ष्मी नगरपालिकामा तीन वटा, छथर, चौविसे र खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा एक–एक वटा मतदान केन्द्र थप्न लागेको हो ।
भौगोलिक अवस्था र मतदाताको सहजताका लागि केन्द्र थप गर्न लागिएको कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
सात केन्द्र थपिएपछि धनकुटामा १ सय १७ वटा मतदान केन्द्र हुनेछन् । यी केन्द्रबाट कूल ९५ हजार ८ सय ८७ जना मतदाताले मतदान गर्ने छन् ।
यो मतदाता संख्या २०७० सालको संविधानसभाको निर्वाचनको भन्दा १३ हजार २ सय ५५ ले बढी हो ।




प्रतिक्रिया दिनुहोस्