Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


मेलम्चीको सुरुङ खन्न ४.१ किमिमात्र बाँकी


0
Shares

                                                                                फाइल फोटो
सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमि सुरुङमध्ये अब ४.१ किमिमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए ।

आगामी बडादसैंसम्म राजधानीवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।

हेलम्बुबाट ग्यालथुमखन्डमा २ किमि र ग्यालथुमबाट सिन्धुखन्डमा २.१ किमि सुरुङ निर्माण गर्न बाँकी छ ।

सिन्धुखन्डको सुरुङमा कमसल भूभाग भेटिएकाले समस्या देखापरेको छ । सो खन्डमा कमजोर चट्टान भएको भनी ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकाले त्यसको अध्ययन भइरहेको हुँदा सम्भाव्यता देखिएमा वैकल्पिक उपाय अपनाइने दुवाडीले बताए ।

हाल चार स्थानबाट एकैसाथ दैनिक २० मिटरकादरले सुरुङ खन्ने काम भइरहेकामा अबदेखि दैनिक २५ देखि ३० मिटर खन्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमि सुरुङ यसअघि नै सम्पन्न भइसकेको छ । रासस