Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न


0
Shares

निर्माण सम्पन्न सो आयोजनाले परीक्षणकारुपमा विद्युत् उत्पादनसमेत सुरु गरेको छ ।

सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट बिजुली उत्पादन सुरु भएको हो ।

द्वारीखोला आयोजनाको निर्माणकार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए ।

यस्तै, ४.५ मेगावाट क्षमताको पादमखोला जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ ।

अवलपराजुलमा पाँच मेगावाट क्षमताको अर्को आयोजनाको निर्माणसमेत सुरु गरिएको छ । रासस