Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पुलिसलाई पराजित गर्दै दाउफिन्सले जित्यो तिलोत्तमा गोल्डकप


0
Shares

बुटवल, फागुन १३ । २१औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ‘सडनडेथ’मा ६–५ ले हराउँदै दाउफिन्सले उपाधि उचालेको हो ।

बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको निर्धारित् ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो ।

पेनाल्टी सुटआउटमा ५–५ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो ।

सडनडेथमा पुलिसका तेज तामाङ गोल गर्न चुक्दा दाउफिन्सका मियाले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।

उपाधिसँगै दाउफिन्सले ८ लाख ८० हजार रुपैयाँ जित्यो । उपविजेता बनेको पुलिसले ५ लाख ५० हजारमा चित्त बुझायो ।

प्रतियोगितामा विदेशी दुईसहित १० टिम सहभागी थिए ।