कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा भएकोे पुष्प मेलाको विहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।
मेलामा २८ ओटा अन्तर्राष्ट्रिय स्टलसहित ९९ सयओटा स्टल रहेको संघले जनाएको छ ।
मेलामा मौसमी फूल, आलंकारिक बोट–बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउ–विजन, ग्रीन हाउस, कृषि–औजार, उपकरण, प्याकेजिङका सामाग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधिलगायतको प्रदर्शनी तथा बिक्रीकक्ष राखिएका छन् ।
मेलाको ६५ हजारजनाले अवलोकन गर्ने र ७५ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ । मेला २० गतेसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्