Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन ईयुलाई चेम्बरको आग्रह


0
Shares

बिहीबार चेम्बरमा नेपालस्थित युरोपियन युनियनकी राजदूत रेन्सिक टिरिङ्कसँगको छलफलमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालको पर्यटन क्षेत्रमा योगदान दिन हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आग्रह गरेका हुन् ।

युरोपियन युनियनले कालोसूचीबाट हटाउनासाथ त्यसको सकारात्मक सन्देश जाने र थप अन्तर्राष्ट्रिय पर्यटक नेपाल आउन सहयोग पुग्ने उनको भनाइ थियो ।

राजदूत टिरिङ्कले आफ्नो कार्यकालमा कालोसूचीबाट हटाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले युरोपियन युनियनको उच्च निकायले यसबारेमा अध्ययन गरिरहेकोे भन्दै आफ्नो तर्फबाट सकारात्मक पहल गर्ने बताइन् ।

उनले ईयुका लगानीकर्ता नेपालको जलविद्युत्, केवलकार निर्माण एवं यातायातका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि बताइन् ।