Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सुन्दर दृष्यावलोकनका लागि आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै भ्यू टावर


0
Shares

२०६८ सालमा जिल्ला विकास समितिअन्तर्गतको ग्रामीण पहाडी पर्यटन प्रवर्द्धन तथा विकास केन्द्रको सहयोगमा निर्माण गरिएको टावरबाट सुन्दर दृश्यावलोकन गर्न पर्यटकहरु पुग्ने गरेका हुन् ।

केन्द्रको ७ लाख तथा नेपाल पर्यटन बोर्डको २ लाख ७५ हजार गरी ९ लाख ७५ हजार रुपैयाँको लागतमा टावर निर्माण गरिएको निर्माण समितिका अध्यक्ष मेहन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

बिहु तथा गल्कोट क्षेत्रको धुरीमा रहेको टावरबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला सहित चुरे पर्वत देख्न सकिन्छ ।

त्यसैगरी गुल्मी र कास्कीसँगै गल्कोटका सबै क्षेत्र यो टावरबाट देख्न सकिन्छ । लोकमार्ग भएर यात्रा गर्नेहरु मात्र नभई हिउँदको समयमा पिकपिकका लागिसमेत यहाँ ठूलो संख्यामा मानिसहरु पुग्ने गरेका छन् ।