Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


काठमाडौंमा पर्यटक घुमाउन ‘स्काई बस’ ल्याइने, सडक सफा गर्न ‘ब्रुमर’


0
Shares

शुक्रबार महानगरपालिकाले सार्वजनिक गरेको कार्ययोजनामा सडक सफा गर्न उच्च क्षमताका धुलो तान्ने बु्रमर खरिद गर्ने सम्मको छ ।

महानगरका प्रमुख कार्यकारी इश्वरराज पौडेलले राष्ट्रिय गानका सर्जक ब्याकुल माइलालाई काठमाडौं महानगरपालिकाको विकास दूतमा नियुक्त गर्ने बताए ।

नक्सा पास, घर निर्माण इजाजतलाई व्यवस्थित गर्न महानगरपालिकामा कार्यरत इन्जिनियरलाई जवाफदेही बनाउने, फोहोर मैला व्यवस्थापनका लागि ओखरपौवा, सिसडोल, बन्चरे डाँडाको एकीकृत व्यवस्थापन गर्ने, तीनकुने क्षेत्र सुधार र व्यवस्थाप गर्ने, सकड, ढल मर्मतको कार्य प्राथमिकतामा राख्ने कार्ययोजना महानगरपालिकाको छ ।

कार्यक्रममा उपप्रधान एवं स्थानिय विकास मन्त्री कमल थापाले कार्ययोजना कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्न निर्देशन दिए ।

उनले बर्षा अगाडि नै सडकमा रहेका खाल्डा खुल्डी पुर्न पनि निर्देशन दिए ।

मन्त्री थापाले उपत्यकामा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लागेपनि निर्णय अझै कार्यान्वयनमा नआएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराए ।