Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


तमोर नदी माथिको मोटरेवल पुल निर्माणको काम अनिश्चित


0
Shares

वर्षा अगावै बनाउने योजना अनुसार पुल निर्माणका लागि सामाग्री ओसार्न थालिए पनि निर्माणको काम भने अझै सुरु भएको छैन ।

निर्माण कम्पनिलाई वर्षा अगाबै सक्न तागेता गरे पनि पानीको अबस्था हेरेर मात्र काम गर्ने भनेकाले पुल निर्माणका काम मंसिर पछि मात्र सुरु गर्ने संभावना रहेको पुल निर्माणका लागि पहल गर्दै आएका संसद डम्बरध्वज तुम्बाहाम्फेले जानकारी दिए ।

पछिल्लो पटक गएको माघ १३ गते निर्माण कम्पनी कन्काई मैनाचुलीका ठेकेदार र ताप्लेजुङका सरोकारवाला बिच बैशाख अघिनै निर्माण सक्ने सहमति भए पनि ठेकेदार कम्पनीको लापारबाहीले काम सुरु नभएको तुम्बाहाम्फेको भनाई छ ।

२०६६ साल मंसिर ८ गते तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्बाङले सिलन्यास गर्नुभएको सो पुल लामो समय पछि निर्माण कार्य सुरु भएको अघिल्लो वर्ष तमोर नदीमा आएको बाढिले बगाए पछि पुन काम हुन सकेको छैन ।

पुल नहुँदा ताप्लेजुङको दुई नम्बर क्षेत्रका स्थानीयको नाम्लोमा भारी बोकेर हिड्नुपर्ने बाध्यता रहेको छ । निर्माणको ठेक्का लिएको कम्पनीको लापरबाहिका कारण पुल निर्माणमा ढिलाई हुँदा समेत सम्बन्धित निकायले कारवाहिका लागि चासो देखाएको छैन ।

Skip This