राजधानीकेन्द्रित सेयर दलाल कम्पनी एकपछि अर्को हुँदै मोफसलमा विस्तार हुनेक्रम बढेसँगै विराटनगरमा पनि सेयर कारोबारप्रति लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ ।
सेयर दलाल कम्पनीहरुले विराटनगरबाट सेयर कारोबार सुरु गरेपछि सर्वसाधारण सेयर बजारतर्फ आकर्षित भएको बताउँछन्, अग्रवाल सेक्युरिटीज् प्रालिका शाखा प्रमुख विनोद अग्रवाल ।
उपत्यकाबाहिर सेयर दलाल कम्पनी आउन थालेपछि पुँजीबजारमा सर्वसाधारण आकर्षित भएका हुन् ।
विराटनगरमा रहेर लामो समयदेखि सेयर कारोबार गर्दै आएका कृष्ण काफ्लेले ब्रोकर कम्पनी विस्तार भएपछि सेयर कारोबारकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउँछन् ।
त्यसले पनि सर्वसाधारण सेयर बजारमा आउन लागिरहेको उनको भनाइ छ ।
विराटनगरमा चारओटा सेयर दलाल कम्पनी छन् । विगतमा दुईओटामात्र दलाल कम्पनी रहेको विराटनगरमा पछिल्लो समय थप दुईओटा सेयर दलाल कम्पनी थपिएका हुन् ।
धितोपत्र बोर्डकाअनुसार विराटनगरमा रहेका दुई दलाल कम्पनीमार्फत्मात्र वार्षिक ५० करोड रुपैयाँको सेयर करोबार हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्