Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


भारतमा आम्दानी नभएपछि गाउँमै पशुपालन, बार्षिक ६ लाख आम्दानी


0
Shares

बागलुङ जिल्लाकोे मालिका घर भएका सापकोटाले २०६८ साल देखी गाई, भैसीको फर्म संचालन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन ।

रोजगारको सिलसिलामा सानै उमेरमा भारत गएका सापकोटाले विदेशमा गरेको मिहेनत र दुःख स्वदेशमा पनि गर्न सके आफुसंगै राष्ट्रलाई पनि फाईदा हुने भएकाले गाउँ फर्किएर कृषि व्यवसाय सुरु गरेको वताउँछन् ।

३५ लाखको लागतमा फर्म संचालन गरेका सापकोटाले अहिले दैनिक १ सय ३० लिटर दुध उत्पादन गरि विक्री वितरण गर्दै आएको बताएका छन् ।

आफ्नो परिवारले अन्य ५ जनालाई समेत रोजगार दिएको सापकोटाको फर्ममा अहिले २१ दुधालु भैसी तथा ११ उन्नत जातको गाई रहेका छन ।