थुमीगाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो । ७५ जना सेनाको टोली सडक निर्माणमा खटिएको छ ।
सेनाका इन्जिनियर निशान्त पण्डितकाअनुसार हावाडाँडादेखि लापुभीरसम्म रहेको चट्टान फुटाउन बम ‘ब्लास्ट’का लागि प्वाल बनाउने काम भइरहेको छ ।
सेनाले हावाडाँडादेखि उहियाको तातोपानीसम्म १६ किलोमिटर सडक निर्माणका लागि अध्ययनसमेत गरिसकेको जनाएको छ ।
धादिङको बेनीघाटदेखि लार्केभञ्ज्याङसम्मको सडक करिब १८३ किमि दुरीमध्ये सेनाले आरुघाट–लार्केभञ्ज्याङखन्ड करिब १२१ किमि सडकको नयाँ ट्र्याक खोल्ने काम गर्दैछ ।
बेनीघाट–हावाडाँडाखन्ड ६२ किमि सडक सडक विभागले निर्माण गरेको थियो ।
हावाडाँडादेखि लापुभीर हुँदै नयाँ ट्र्याक खोल्न रु दुई करोड ५० लाख रुपैयाँ बजेट निकासा भएको छ ।
माछाखोलामा अर्को शिविर राखेर केही दिनपछि उक्त खन्डमा नयाँ ट्र्याक खोल्ने काम पनि सुरु गर्ने इन्जिनियर पण्डितले बताए ।
सडक निर्माण हुने स्थल मनास्लु पदमार्ग रहेकाले पदमार्गको विकल्पमा अर्को बाटो खोल्ने तयारी पनि भइरहेको जनाइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्