जिल्ला सदरमुकाम दिक्तेलबजारमा रहेका सक्रिय बचत तथा ऋण सहकारी संस्था, लालुपाते बचत तथा ऋण सहकारी संस्था, दिक्तेलबजार बचत तथा ऋण सहकारी र दलित उद्यमी बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
सहकारी संस्थाहरुले कैदीबन्दीका छोराछोरीलाई जेलभित्र शिक्षा प्रदान गर्नका लागि १ लाख ४ हजार २ सय २ रुपौयाँको अक्षयकोषसमेत स्थापना गरिदिएका छन् ।
अक्षयकोषबाट प्राप्त ब्याजबाट एकजना शिक्षक राखिने र बालबालिकाहरुलाई शिक्षा दिलाइने सहकारीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्