Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


उद्योग वाणिज्य महासंघको चुनावः प्रधान समूहको सामूहिक उम्मेदवारी घोषणा


0
Shares

महासंघका हालका उपाध्यक्षद्धय शेखर गोल्छा र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रधानले आइतबार राजधानीमा आफ्नो समूहकोतर्फबाट टिमसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे ।

प्रधानको टिमबाट जिल्ला तथा नगरवस्तुको उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा शंकर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहले एसोसियटतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको छैन ।

गोल्छाको टिमबाट एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यस्तै, प्रधानको टिममा जिल्ला तथा नगर समूहतर्फका सदस्यहरुमा कल्याण जोशी, खुसनारायण सैंजु, गजेन्द्र भगत, दीपेन्द्र क्षेत्री, पशुपति खड्का, मनीषलाल प्रधान, मनोज मुन्दरा, युवक राजभण्डारी, राजेन्द्र श्रेष्ठ, लोकविक्रम थापा, सन्तोष खतिवडा र सुदर्शन कार्की छन् ।

यस्तै, वस्तुगत समूहतर्फ अशोक शर्मा, गोविन्द घिमिरे, चन्डीप्रसाद अर्याल, तिलचन्द्र भट्टराई, दीपकबहादुर शाही, नरेशलाल श्रेष्ठ, प्रकाश कार्की, मधुसुधन आचार्य, रितेश लामिछाने, सन्तोष श्रेष्ठ, सुकुन्तलाल हिराचन, शिवप्रसाद घिमिरे, शैलेन्द्र गुरागाइँ र हंशराज वाग्ले छन् ।