कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–४ मा सुदूर सामुदायिक संस्कृति होमेस्टे संचालन हुने भएको हो ।
यसका लागि भीमदत्त नगरपालिका–१४ नयाँ गाउँंमा रहेको रानाथारु सामुदायिक होमस्टेको अध्ययन गरिएको छ ।
गाउसंँगै जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, हिरापुर फाँट, बेदकोट ताल, सिङगेश्वर मन्दिरका साथै पर्यटकीय गन्तव्य भएकाले पनि सुदूर पश्चिमका पहाडी समुदायले होमेस्टे संचालन गर्न लागेका हुन् ।
सुदूर सामुदायिक संस्कृति होमेष्टे समितिका अध्यक्ष महानन्द जोशीले गाउँंमा पर्याप्त स्रोत साधन र लोप हुन लागेको यस क्षेत्रको कला, संस्कृती र खानाको संरक्षणका लागि होमेस्टे संचालन गर्न लागिएको बताए ।









प्रतिक्रिया दिनुहोस्