काठमाडौं, फागुन १३ । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले लेभान्तेलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा रियाल मड्रिड २–१ ले विजयी भयो । रियालको जितमा करिम बेन्जमा र ग्यारेथ बेलले पेनाल्टीमार्फत एक–एक गोल गरे ।
लेभान्तेका रोजर मार्टिले एक गोल फर्काएका थिए । खेलको ८६ औं मिनेटमा रियाल मड्रिडका नाचोले रातो कार्ड खाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । यसको २ मिनेटपछि लेभान्तेका रुविन रोचिना पनि रातो कार्ड खाँदै बाहिरिएका थिए ।
गएरातिको जितसँगै रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी ९ अंकमा झारेको छ । बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ । रियाल ४८ अंकसहित तेस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्