
सोमबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले छपाइको सुरुआत गरेका हुन् ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली टुंगो लगाएर नामावली पनि छाप्न सुरु गरिएको जनाइएको छ ।
आयोगले १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नाम स्वीकृत गरेको छ ।
कुल मतदातामा पुरुष ७० लाख ६९ हजार ७ सय १४ र महिला ६९ लाख ८४ हजार ६ सय २५ रहेका छन् भने तेस्रो लिंगी मतदाताको संख्या १ सय ४३ रहेको छ ।
०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मत दिन पाउनेछन् ।
आयोगको तथ्यांकअनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छन् । त्यहाँ ५ लाख ६३ हजार ८ सय ७० मतदाता छन् भने काठमाडौंमा ५ लाख ५९ हजार ४ सय मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ९५ मात्रै छन् ।
मतदाता परिचयपत्र पनि आयोग परिसरमै छपाइ भइरहेको छ । मतदान केन्द्र पुनःनिर्धारणको कार्य सम्पन्न भएपछि स्वीकृत मतदाता नामावली केही दिनभित्रै सार्वजनिक गरिने आयोगले जनाएको छ ।
आयोगको कार्यतालिकाअनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी २०७४ वैशाख १० गतेभित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्नुपर्नेछ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्