Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


भूकम्पबाट कम प्रभावित १७ जिल्लाका पीडितहरुलाई पहिलो किस्ताको रकम बाँड्न सुरु


0
Shares

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कास्कीको अन्नपूर्ण गाउँपालिकस्थित लुम्लेबाट सो कार्यको सुरुआत गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख प्रा.डा. गोविन्द पोखरेलले सो स्थानका स्थानीयलाई चेक र सम्झौतापत्र हस्तान्तरण गरे ।

लुम्लेका ५० जनाले ५० हजार रुपैयाँको पहिलो किस्ता प्राप्त गरेका छन् भने लुम्ले तथा घान्द्रुकका अरु भूकम्पपीडितलाई रकम उपलब्ध गराइने जनाइएको छ ।

भूकम्पबाट कम प्रभावित कास्की, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, स्याङ्जा, संखुवासभा, खोटाङ, चितवन, सोलुखुम्बु , अर्घाखाँची, बागलुङ, भोजपुर, धनकुटा, गुल्मी र तनहुँका १५ हजार ७४३ लाभग्राहीका लागि पहिलो किस्ताको ५० हजार वितरण गर्न स्वीकृत भइसकेको जनाइएको छ ।