Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


२० मिनेटमा ३ गोल, आर्मी सेमिफाइनलमा, नवयुग र जर्जप्रिन्सले जिताए


0
Shares

पोखरा, फागुन १२ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–१ ले हरायो ।

‘बाइ’ पाएर सीधै क्वार्टरफाइनल खेल्ने मौका पाएको आर्मी खेलको २७औं मिनेटमा हिमालयनका गोहा प्याट्रिकले गोल गरेपछि १–० ले पछि परेको थियो ।

त्यसपछि हिमालयन सुस्ताउँदा आर्मीले अन्तिम २० मिनेटमा ३ गोल गर्‍यो । ७१औं मिनेटमा नवयुग श्रेष्ठले बराबरी गोल गरेका थिए ।

त्यसको ८ मिनेटमै नवयुगले अर्को गोल थप्दै अग्रता दिलाए ।

इन्जुरी समयमा जर्जप्रिन्स कार्कीले गोल गर्दैै आर्मीलाई ३–१ ले जिताए ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नवयुगले पाँच हजार रुपैयाँ पाए ।