Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


नेपाली फुटबलमा ठूलो सम्भावना : मुख्य प्रशिक्षक कालिन


0
Shares

काठमाडौं, फागुन १२ । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक जोहान कालिनले नेपाली फुटबलको स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन् ।

प्रशिक्षकमा नियुक्त भएपछि आइतबार पहिलोपटक सन्चारकर्मीहरुसित उनले जगदेखि नै फुटबल विकासमा आफूले काम गर्ने बताए ।

नेपाली फुटबलमा ठूलो सम्भावना रहेको बताउँदै कालिनले आसन्न साफ च्याम्पियनसिपलाई लक्षित गर्दै तयारी अघि बढ्ने बताएका छन् ।

२०७० सालमा ‘ए’ डिभिजन क्लब मच्छिन्द्रलाई सनसनीपूर्ण नतिजा दिलाएका कालिनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षका लागि नियुक्त गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाली टिमका पूर्वमुख्य प्रशिक्षक बालगोपाल महर्जनले कालिनसँग मिलेर काम गर्न तयार रहेको बताए ।

एन्फाले अहिलेसम्म कालिनसँग भएको सम्झौता सार्वजनिक गरिसकेको छैन ।