२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


प्रदेश नम्बर–७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट हाल्न पाउने


0
Shares

प्रदेश नम्बर–७ मा ६ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिंगी रहेको यहाँस्थित क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ ।

जनचेतनाको अभाव र सर्वसाधारणको लापरबाहीले गर्दा धेरै मतदाता अधिकारबाट बन्चित हुनेसमेत देखिएको आयोगले जनाएको छ ।

कैलालीमा एक लाख ९८ हजार ८८७ पुरुष, दुई लाख पाँच हजार ३ ८६ महिला र सात तेस्रोलिंगी गरी जम्मा चार लाख तीन हजार २८० जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

कन्चनपुरमा एक लाख १५ हजार ४२२ पुरुष, एक लाख २० हजार ३१२ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ३५ हजार ७३६ जना मतदाता पुगेका छन् भने डडेल्धुरामा ३७ हजार २५४ पुरुष र ३८ हजार ५२६ महिला गरी जम्मा ७५ हजार ७८० जना मतदाता पुगेका छन् ।

बैतडीमा ६० हजार २२७ पुरुष, ६४ हजार ५९६ महिला र एक तेस्रोलिंगी गरी एक लाख २४ हजार ८२४ जना, डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार ७८९ महिला गरी एक लाख ८८७, दार्चुलामा ३६ हजार ६४१ पुरुष र ३६ हजार २६५ महिला गरी ७२ हजार ९०६ जना, अछाममा ६० हजार ४४१ पुरुष र ६७ हजार २९९ महिला र दुई तेस्रोलिंगी गरी जम्मा एक लाख २७ हजार ७२४ जना, बझाङमा ४७ हजार ८८८ पुरुष ४९ हजार ७२१ महिला र एक तेस्रोलिंगी गरी ९७ हजार ६१० जना र बाजुरामा ३२ हजार ५२१ पुरुष, ३२ हजार ४२७ महिला र दुई तेस्रोलिंगी गरी ६४ हजार ९५० जनाले निर्वाचनमा मतदान गर्न पाउने क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ । रासस