Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


मंगलबार नेप्से सामान्य अंकले ऋणात्मक


0
Shares

उतार–चढावकाबीच बजार परिसूचक नेप्से साढे ३ अंकले ऋणात्मक रहेर १६ सय ५६ कायम भएर थामियो ।

जलविद्युत्, अन्य, वाणिज्य बैंक र विकास बैंक समह ओरालो लागे भने होटल, बीमा र वित्त समूह भने उकालो लागे ।

जलविद्युत् समूहमा ३३ अंकको गिरावट आएपनि अरु समूह सामान्य अंकले घटेका हुन् । होटल समूहमा भने ७४ अंकको वृद्धि आयो । बीमा समूह पनि दोहोरो अंकले सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको २७ लाख १७ हजार कित्ता सेयर १ अर्ब ६३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।