महासंघका हालका उपाध्यक्षद्वय शेखर गोल्छा र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
गोल्छाले मंगलबार राजधानीमा आफ्नो समूहकोतर्फबाट टिमसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे ।
गोल्छा समूहले यसअघि नै महासंघ सचिवालयमा उम्मेदवारी दर्ता गरिसकेको छ ।
गोल्छाको समूहबाट जिल्ला तथा नगरवस्तुको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान छन् ।
एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध भइसकेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा महासंघकी वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणाले उम्मेदवारहरुको परिचय गराएकी थिइन् ।
उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरु चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्