
राजनीतिक दलहरुकै सिफारिसमा स्थानीय तहको निर्वाचनका लागि १ सय ६३ वटा मतदान केन्द्र तोकिएको हो ।
जिल्ला निर्वाचन कार्यालयले २ लाख ८० हजार २ सय ११ जना मतदाताका लागि १ सय ६३ वटा मतदान केन्द्र तोक्ने काम सम्पन्न भएको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । निर्वाचन प्रयोजनका लागि कर्मचारीहरुको विवरण अध्यावधिक गर्न निर्वाचन कार्यालय जुटेको छ ।
मतदाता शिक्षाका लागि केही दिनभित्रै तालिम संचालन हुने र उनीहरुलाई मतदाताको घरघरमा पुगेर निर्वाचनसम्बन्धि शिक्षा दिने योजना रहेको जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
निर्वाचनमा परिचालन गर्ने कर्मचारीहरुको विवरण अध्यावधिकको काम अन्तिम चरणमा पुगेको पराजुलीले जानकारी दिए ।
निर्वाचनमा सहभागी हुन उत्साही रहेको वीरगञ्जका स्थानीयले बताएका छन् । आन्दोलनरत दलहरुले पनि निर्वाचनमा भाग लिए निर्वाचन सफल हुने स्थानीयको भनाई छ ।
बीरगञ्जमा निर्वाचन आयोगको काम प्रभावित हुने गरी मोर्चासम्वद्ध दलका नेताहरुले धर्ना र विरोध कार्यक्रम संचालन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्