व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकको निर्णयमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिकामा सूचीकृत भएका संस्थाहरुलाई दलाल, बिचौलिया र संगठित मानवतस्करजस्ता शब्दावली प्रयोग गरिएको भन्दै घरेलु कामदार सरोकार समाजले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो ।
समाजका अध्यक्ष किसन प्रधानले नेपाल सरकारद्वारा अनुमति प्राप्त गरी वैदेशिक रोजगारीमा कामदार पठाउने कार्यमा संलग्न रहेका संस्थाहरुलाई संसदीय समितिले अपशब्द बोलेकोमा आफूहरुले आपत्ति जनाएको स्पस्ट पारे ।









प्रतिक्रिया दिनुहोस्