सामाजिक उत्तरदायित्वस्वरुप सीजीले ‘बनौं आदर्श नागरिक’ अभियान सुरु गरेको हो ।
सीजीले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराएको हो ।
हरेक नेपालीलाई आदर्श नागरिक बन्न अभिप्रेरित गर्दै एउटा मन्च खडा गर्ने उद्देश्यसाथ बनौं आदर्श नागरिक अभियान सुरु गरेको सीजीले जनाएको छ ।
ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग समन्वय गरी सीजीले दुर्घटनामा परेका घाइतेलाई तत्काल उपचारका लागि जो–कोही नागरिकले नजिकको अस्पताल पुर्याइ सहयोग गरेमा त्यस्ता सहयोग गर्ने व्यक्तिलाई १ हजार १ सय रुपैयाँ प्रदान गरिने जनाएको छ ।
यसबाट सडक दुर्घटनाका घाइतेले समयमा उपचार पाउनुको साथै सर्वसाधारण बिनाहिच्चकिचाहट घाइतेलाई अस्पताल पुर्याउने काममा संलग्न हुने अपेक्षा सीजीले गरेको छ ।
सीजीले आफ्नो अभियान बनौं आदर्श नागरिक अभियानमा सरिक हुन पनि सबैलाई आह्वान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्