Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


बुधबार पनि सुनको मूल्य उकालो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा ५ सय रुपैयाँले उकालो लागेर तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ भने तोलाको ८ सय १५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५० डलर हाराहारीमा कारोबार भएको थियो ।