Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


होमस्टे मार्ट पोखरामा सुरु


0
Shares

होमस्टेसम्बन्धी जानकारी दिने लक्ष्यसहित पर्यटन बोर्डको आयोजनामा दुईदिने कार्यशाला सुरु भएको हो ।

कार्यशालामा विशेषगरी गन्डकी र धौलागिरीका २४ ओटा होमस्टेका सन्चालकहरु सहभागी भएका छन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत एवं होमस्टे मार्ट तथा कार्यशालाका संयोजक सूर्य थपलियाले होमस्टेलाई अझ प्रभावकारी बनाउने योजनासहित लागेको बताएका छन् ।

कार्यक्रमले होमस्टेको विकासमा टेवा पुग्ने दाबी आयोजकहरुको छ ।